पोखरा । भारतबाट ल्याइएका मुर्रा जातका राँगामध्ये ७ वटालाई पोखरा राखिएको छ । १५ मध्ये ७ राँगा पोखरास्थित पशु विकास केन्द्र (भेडिफारम) मा ल्याएर राखिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।
यसबाट पोखरा र यस क्षेत्रमा उच्च जात र नश्लको भैंसी पालन कृषकहरू विशेष लाभान्वित मेयर आचार्यले बताए । भारतबाट बाँकेको नेपालगन्ज रुपैडिया–जमुनाहा नाका हुँदै मुर्रा राँगाहरूलाई नेपाल ल्याउन लागिएको हो ।भारतले नेपाललाई १५ वटा मुर्रा राँगा दिएको उपहारस्वरूप दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, ११ : १८
लेखकबाट थप