बर्दिया । बर्दियाको गुलरियास्थित एक घरमा गएराति आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ। घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया- ४ तुलापुरमा रहेको भरत चन्दको घरमा शुक्रबार राति १० बजे आगलागी भएको हो।
जिप्रका बर्दियाका प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार मृत्यु हुनेमा भरत चन्दका ७ वर्षका छोरा कृष चन्द, २ वर्षका छोरा कार्तिक चन्द, भरतकी दिदी ३६ वर्षकी राधा बुढा र उनकी ११ वर्षकी छोरी मानुषी बुढा छन्।
राधा छोरीलाई लिएर भाइको घरमा पाहुना लाग्न जाँदा घटना भएको प्रहरीले जनाएको छ। आगलागीमा परेर भरतकी पत्नी २८ वर्षकी करिष्मा चन्द गम्भीर घाइते भएकी छन्। उनको गुलरिया असप्तामाल उपचार भइरहेको एसपी शाहीले जानकारी दिए।
‘आगलागी कसरी भयो, खुलेको छैन,’ एसपी शाहीले शनिबार भने, ‘घटनाको विषयमा हामी थप अनुसन्धान गरिहरका छौँ। आगलागीमा परेको घर एकान्त ठाउँमा छ।’
एसपी शाहीका अनुसार घटना हुँदा घरमुली भरत भने घरमा थिएनन्। उनी रोजगारीको लागि बाँकेको कोहलपुरमा बस्ने गरेका आफन्तले बताएका छन्।
आगलागीमा परेका सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक चारै जनाको शव अहिले पनि घटनास्थलमै रहेको एसपी शाहीले जानकारी दिए।
राति सुतेको बेला घरमा आगो सल्किएको हो। विजुली सर्ट भएर आगो सल्किएको हो कि बालिएको आगोबाट आगलागी भएको हो खुलिनसकेको एसपी शाहीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ मंसिर २०८०, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी स्कुलको बसमा आगलागी, विद्यार्थी सकुशल
इजरायलको जङ्गलमा भीषण आगलागी, आपत्काल घोषणा
कोलकाताको होटलमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु
अछामको साफेबगर हाटबजारमा भीषण आगलागी, १० पसल जलेर नष्ट
चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति
कोहलपुरमा फेन्सी पसलमा आगलागी