मुक्तिनाथ कृषिको आईपीओ आजबाट बिक्री खुला

सफल खबर संवाददाता

शुक्रबार, ०८ मंसिर २०८०, ११ : ३३
मुक्तिनाथ कृषिको आईपीओ आजबाट बिक्री खुला

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ ।

कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । कर्मचारी, वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा सामूहिक लगानी कोषका लागि छुट्टाएपछि सर्वसाधारणका लागि कुल ११ लाख ४८ हजार कित्ता सेयर जारी हुन लागेको हो ।

कार्यालय समय १० बजेपछि मात्रै सर्वसाधारणले कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । आईपीओमा मंसिर १२ गते ५ बजेसम्म आवेदन दिन सकिनेछ । अंकित मूल्य १०० का दरले कम्पनीको आईपीओमा सर्वसाधारणले अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कम्पनीका अनुसार न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि यसमा आवेदन दिन सकिने बिक्री प्रबन्धक कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस