यस्ता छन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

सफल खबर संवाददाता

विहीबार, ०७ मंसिर २०८०, ११ : ५९
यस्ता छन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

काठमाडौँ । पाँचवटा निर्णय गर्दै बिहीबार बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ । 

सुन तस्करी जाँच बुझ गर्न गठन भएको आयोगमा थप चार जना कर्मचारी थप्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । जसमा राजपत्रांकित द्धितीय श्रेणीको कर्मचारी, सरकारी वकिल, राजपत्रांकित द्धितीय श्रेणीको उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र राजपत्रांकित तृतीय श्रेणीको डाटा एनाइलाइटिस्ट थप हुने भएका छन् । 

मन्त्रिपरिषद्ले उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने  निर्णय गरेको छ ।