गुल्मी। गुल्मीका दुई स्थानीय तहले बिहीबार सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन्।
प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुंगा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले मंसिर ७ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए।
बिहीबार स्थानीय सरकार मातहतका कार्यालय,शैक्षिक संस्थालगायत बन्द रहने पालिकाले जारी गरेको सूचनामा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
आज पनि तिहारकै सार्वजनिक बिदा
आज र भोलि सार्वजनिक बिदा
भदौ २२ गते चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा
स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा