काठमाडौ । एमालेको भ्रातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले गर्न लागेको शक्ति प्रदर्शनको कारण काठमाडौँका धेरैजसो शैक्षिक संस्था आज बन्द भएका छन्।
दुई समूहको प्रदर्शनको कारण यातायात सेवा प्रभावित हुने भएपछि स्कुल, कलेज बन्द गर्नु परेको सञ्चालकहरुले बताएका छन्।
युवा संघको नेतृत्वमा तीनकुनेमा र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले बल्खु चोकमा आज दिउँसो प्रदर्शन गर्ने तयारी छ।
सरकारले दिएका कतिपय सार्वजनिक बिदाका दिनसमेत चल्ने गरेका काठमाडौँका नाम चलेका केही निजी विद्यालयलेसमेत आज विद्यार्थीलाई स्कुल नआउन भन्दै सूचना जारी गरेका छन्।
एकअर्काबीच आरोप-प्रत्यारोप गरिरहेका दुई समूहबीच झडप हुनसक्ने आकलन गरी काठमाडौँ उपत्यकाभरि नै आज विशेष सुरक्षा व्यवस्था मिलाइएको सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा
शीतलहरसँगै धमाधम विद्यालय बन्द
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा