काठमाडौँ । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका पाँच जना अधिकृतले दर्ज्यानी चिन्ह पाएका छन्। बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले पाँच एसएसपीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
मंसिर ५ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार पाँच जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको थियो। बसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईको बढुवा भएको हो।
दर्ज्यानी चिन्ह लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै आइजिपी कुँवरले सुरक्षा चुनौतीको सामना गर्न तयार पारिएको सुरक्षा योजना तथा नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए। उनले भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रचलित कानून बमोजिम बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्दै उच्च मनोबलका साथ काम गर्न सुरक्षा व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, १८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई जना एसएसपीको सरुवा, ११ जनाको पदस्थापन
एसएसपीमा ६ जनासहित सशस्त्रका ७७ अधिकृतको बढुवा सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका २८ एसएसपी सरुवा (सूचीसहित)
यी ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
प्रहरीका २५ जना एसपीलाई एसएसपी