चीनको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्छ : अध्यक्ष तिमिल्सिना

सफल खबर संवाददाता

बुधबार, ०६ मंसिर २०८०, १५ : ५५
चीनको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन सरकारको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बिआरआईबाट दक्षिण एशियाली मुलुकहरुलाई आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्ने बताए । उनले गरिबी निवारणमा सबै मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए । उनले बिआरआईलाई थप गति दिन आवश्यक रहेको पनि बताए ।

अध्यक्ष तिमिल्सिनाले बिआरआईको कार्यान्वयनमा कमी कमजोरी देखिए सच्याउँदै अघि बढ्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस