काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको एक वन उपभोक्ता समितिका अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।भुम्लु गाउँपालिका वडा नं. ४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगीता चौलागाईं र कोषाध्यक्ष माधवप्रसाद चौलागाईंविरद्ध अख्तियारले बुधवार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
उपभोक्ता समूहका अध्यक्ष लामासहित ३ जनाले आफूखुसी समूहको रकम खर्च गरी हिनामिना गरेको आरोप अख्तियारले लगाएको छ ।अध्यक्ष लामासहित ३ जनाले उपभोक्ता समूहको बैंकमा रहेको खाताबाट ९ लाख १३ हजार २८० रुपैयाँ ९० पैसा निकालेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो काम बदनियतपूर्ण र नियमविपरीत भएको अख्तियारले जनाएको छ ।
‘उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा बिगो ९ लाख १३ हजार २८० रुपैयाँ ९० पैसा कायम गरी बुधवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारमा प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन