पोखरा । चीनबाट चोरेर ल्याएका ४ वटा चिनियाँ मोटरसाइकल मुस्ताङ र डोल्पाको सीमाबाट बरामद भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ फल्याक स्थित साङता हुँदै डोल्पा जाने सडकबाट ती मोटरसाइकल बरामद भएका मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोज पाण्डेले जानकारी दिए ।
उनका अनुसार चारवटै मोटरसाइकल चीनबाट भन्सार छलेर ल्याइएको हो । 'मुस्ताङबाट डोल्पा सप्लाई गर्न लागेको सूचना पाएपछि प्रहरीले बरामद गरेको हो,' उनले भने । प्रहरी सहायक निरीक्षक सुजन गुरुङको कमान्डमा गएको ५ जनाको टोलीले मोटरसाइकल बरामद गरेको पाण्डेले बताए ।
ती मोटरसाइकलको मूल्य करिब १० लाख पर्ने अनुमान गरिएको छ । मोटरसाइकल सबै मुस्ताङ भन्सार कार्यालय पठाइएको छ । त्यस क्षेत्रबाट मोटरसाइकल चोरी निकासी बढेको सूचना आइरहेको पाण्डेले सुनाए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
कागजपत्र नभएका ४ जिप र १२ मोटरसाइकल बरामद
मोटरसाइकल ‘मोडिफाइड’ गर्ने र चर्को ध्वनि निकाल्ने चार जना पक्राउ
मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किए, एकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते