पोखरा । चीनबाट चोरेर ल्याएका ४ वटा चिनियाँ मोटरसाइकल मुस्ताङ र डोल्पाको सीमाबाट बरामद भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ५ फल्याक स्थित साङता हुँदै डोल्पा जाने सडकबाट ती मोटरसाइकल बरामद भएका मुस्ताङ प्रहरी प्रमुख डीएसपी भोज पाण्डेले जानकारी दिए ।
उनका अनुसार चारवटै मोटरसाइकल चीनबाट भन्सार छलेर ल्याइएको हो । 'मुस्ताङबाट डोल्पा सप्लाई गर्न लागेको सूचना पाएपछि प्रहरीले बरामद गरेको हो,' उनले भने । प्रहरी सहायक निरीक्षक सुजन गुरुङको कमान्डमा गएको ५ जनाको टोलीले मोटरसाइकल बरामद गरेको पाण्डेले बताए ।
ती मोटरसाइकलको मूल्य करिब १० लाख पर्ने अनुमान गरिएको छ । मोटरसाइकल सबै मुस्ताङ भन्सार कार्यालय पठाइएको छ । त्यस क्षेत्रबाट मोटरसाइकल चोरी निकासी बढेको सूचना आइरहेको पाण्डेले सुनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल ‘मोडिफाइड’ गर्ने र चर्को ध्वनि निकाल्ने चार जना पक्राउ
मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किए, एकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाइकल बरामद
सिराहामा एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा