काठमाडौँ– मिडिया व्यवसायी दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ अन्तर्गत भोलि काठमाडौँ केन्द्रित प्रदर्शनको तयारीमा रहेका प्रसाईँले आज दिउँसो २ बजे निजी निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
भोलि हुने प्रदर्शनको तयारी र व्यवस्थापनका बारेमा जानकारी दिनका लागि पत्रकार सम्मेलन गर्न लागिएको उनको सचिवालयले जनाएको छ ।
प्रसाईँले भोलिको प्रदर्शनमा लाखौँ मानिस काठमाडौँमा उतार्ने दाबी गर्दै आएका छन् । उनले यही आन्दोलनले देशको व्यवस्था समेत परिवर्तन गर्ने जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दिल्ली एयरपोर्टमा दुर्गा प्रसाई किन रोकिए?
मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने दुर्गा प्रसाईँको घोषणा
वार्ताका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई सिडिओमार्फत दुर्गा प्रसाईँले पठाए पत्र
सुध्रिन तयार छु, देश छाडेर जा भने पनि रेडी : दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई सरकारले बोलायो वार्तामा, सुरुमा काठमाडौं सिडिओले वार्ता गर्ने
दुर्गा प्रसाईंद्वारा बैठक आह्वान