काठमाडौँ– मिडिया व्यवसायी दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ अन्तर्गत भोलि काठमाडौँ केन्द्रित प्रदर्शनको तयारीमा रहेका प्रसाईँले आज दिउँसो २ बजे निजी निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
भोलि हुने प्रदर्शनको तयारी र व्यवस्थापनका बारेमा जानकारी दिनका लागि पत्रकार सम्मेलन गर्न लागिएको उनको सचिवालयले जनाएको छ ।
प्रसाईँले भोलिको प्रदर्शनमा लाखौँ मानिस काठमाडौँमा उतार्ने दाबी गर्दै आएका छन् । उनले यही आन्दोलनले देशको व्यवस्था समेत परिवर्तन गर्ने जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ