सर्लाही । सर्लाहीको हरिपुरमा स्कुल बसको ठक्करबाट एलकेजीमा पढ्ने ६ वर्षीय बालकको मृत्यु भएको छ ।
मंगलबार साँझ हरिपुर नगरपालिका ८ जुटपानीमा भएको घटनामा स्थानीय वीरेन्द्र पासवानका ६ वर्षीय छोरा आदित्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
बालक लालबन्दी १ नबलपुरस्थित जेआईसी बोर्डिङ स्कुलका विद्यार्थी हुन्। जेआईसी स्कुलकै ना २ क ११० नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो।
स्कुलबाट घर फर्किएका बालकलाई आफू चढेर आएकै बसले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारको लागि महोत्तरीको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि प्रहरीले बसका चालकलाई पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु
बाटोमा चिप्लिएर काभ्रेमा २ जनाको मृत्यु
बेइजिङमा भीषण वर्षा र बाढी : ३० जनाको मृत्यु
गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृत्यु
सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु
चितवनमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु