काठमाडौँ । मंसिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका एक जना अधिकृतले जानकारी दिए ।
माइतीघरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि युवा संघले पनि काठमाडौँको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार सूचना जारी गरेर कार्यक्रमस्थल तीनकुनेमा सरेको जानकारी दिएका हुन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम उद्घाटन गर्ने बताए । उनले भने–‘बल्खुमा उद्घाटन गर्छु, थप कार्यक्रम देशभर चल्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
दुर्गा प्रसाईँ पाँच दिन हिरासतमा रहने
फेरि पक्राउ परे दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई पक्राउ गर्न उनको निवासमा पुग्यो प्रहरी
‘राजपरिवारका सदस्यहरू स्वयम् सडकमा उत्रिने तयारीमा छन्’ : दुर्गा प्रसाईं