रुपन्देही । रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा काँग्रेस नेता एवं सहकारी अभियान्ता माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको हो । बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटा र क्षेत्रीलाई ना ६ ख ८१६१ ट्रकले ड्राइभरटोलमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए ।
देवकोटा र क्षेत्री लु ४९ प २२३० नम्वरको मोटरसाइकलमा तिलोत्तमा उद्योग बाणिज्य सङ्घले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । मृतक दुवै जनाको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०४ मंसिर २०८०, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते