रुपन्देही । रुपन्देहीको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा काँग्रेस नेता एवं सहकारी अभियान्ता माधव देवकोटा र यादा क्षेत्रीको मृत्यु भएको हो । बुटवलबाट मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटा र क्षेत्रीलाई ना ६ ख ८१६१ ट्रकले ड्राइभरटोलमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले बताए ।
देवकोटा र क्षेत्री लु ४९ प २२३० नम्वरको मोटरसाइकलमा तिलोत्तमा उद्योग बाणिज्य सङ्घले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । मृतक दुवै जनाको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०४ मंसिर २०८०, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँकरभिट्टा गइरहेको रात्रिबस झापामा पल्टियो
धनगढीमा कार दुर्घटना, चालकसहित चार जना घाइते
गुल्मीमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतक आठ जनाको पहिचान खुल्यो
दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु
सोलुखुम्बुमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ घाइते