काठमाडौं। काठमाडौं महानगरपालिका-१४ बल्खु चोकबाट स्रोत नखुलेको नगद ४ लाख ९ हजार रूपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाडौं नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्का रहेका छन् । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र ०२-०४४ प २६११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ मंसिर २०८०, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ