काठमाडौं । गृह मन्त्रालय र अन्तरगतका निकायको कार्य सम्पादनलाई प्रभावकारी बनाउने योजना तयार पार्न समिति गठन गरिएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेका हुन् ।
अध्ययन समितिको सदस्यमा पूर्व सचिव शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्रा. डा. खड्ग केसी, पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री विन्दु पोखरेल र सूचना प्रविधि विज्ञ विजय गौतम रहेका छन् ।
अध्ययन समितिको सदस्य सचिव मन्त्रालयका सहसचिव एवं नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थानेश्वर गौतम रहेका छन् । मन्त्रालयले विभिन्न पाँच वटा विषयगत उपसमिति पनि गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ मंसिर २०८०, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकहरूसँग गृहमन्त्रालयमा भएको छलफल निष्कर्षविहीन
गृहमन्त्रालयका २५ जना अधिकारीको सरुवा, को कहाँ पुगे? (सूचीसहित)
डीएसपी कोजुलाई सेवाबाट हटाउने गृहमन्त्रालयको तयारी