काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले छठ पर्व जस्ता चाडपर्वका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सदभाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने र यसबाट राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास ब्यक्त गरेकी छन् ।
छठ पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बिश्वास बताएकी हुन् । ‘छठ पर्व जस्ता चाडपर्वका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने र यसबाट राष्ट्रिय एकता थप सुदृढ हुनेमैले विश्वास लिएको छु,’ भण्डारीको सन्देशमा भनिएको छ ।
भण्डारीले सन्देशमा भनेकी छन् ‘केही दशकअघिसम्म मधेसी समुदायको मुख्य पर्वका रूपमा तराई तथा मधेश क्षेत्रमा मात्र मनाइने यो पर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत उत्तिकै उत्साह र हर्षोल्लासपूर्वक मनाउने गरिएको छ । तसर्थ,छठ पर्वलाई हामीले विविध भौगोलिक क्षेत्र,भाषाभाषी,जातजाति र संस्कृति अँगालेका नेपालीहरूको मनलाईआपसमा जोड्ने सेतुको रूपमा लिन सक्दछौँ’ ।
उनले प्रकृतिको पूजा गरिने यो पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी समतामूलक, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन हामी सबैलाई थप प्रेरणा प्रदान गरोस् भनी कामना पनि गरेकी छन् ।
शुभकामना सन्देशको पूर्णपाठ
छठ पर्व, २०८० को शुभअवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछु ।
हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म पृथ्वीका सम्पूर्ण प्राणी र वनस्पति जगतलाई विनाभेदभाव समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै सूर्य देवता र छठी देवीको पूजा अर्चना गर्नुका साथै नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ ।छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुस्ख र कष्ट हटेर जाने जनविश्वास समेत रहेको छ ।
केही दशकअघिसम्म मधेसी समुदायको मुख्य पर्वका रूपमा तराई तथा मधेश क्षेत्रमा मात्र मनाइने यो पर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत उत्तिकै उत्साह र हर्षोल्लासपूर्वक मनाउने गरिएको छ । तसर्थ,छठ पर्वलाई हामीले विविध भौगोलिक क्षेत्र,भाषाभाषी,जातजाति र संस्कृति अँगालेका नेपालीहरूको मनलाईआपसमा जोड्ने सेतुको रूपमा लिन सक्दछौँ । छठ पर्व जस्ता चाडपर्वका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने र यसबाट राष्ट्रिय एकता थप सुदृढ हुनेमैले विश्वास लिएको छु ।
प्रकृतिको पूजा गरिनेयस पर्वले समाजमा विद्यमान वर्गीय,जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी समतामूलक, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन हामी सबैलाई थप प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ मंसिर २०८०, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतमा भएको हवाई दुर्घटनाप्रति दुःख व्यक्त
गणतन्त्र जनसङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि हो : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीद्वारा बुद्धजयन्ती तथा किरात समुदायको उभौली पर्वको शुभकामना
नेता अधिकारी राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीद्वारा ल्होसारको शुभकामना
जलवायु परिवर्तनले मुलुकको गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनायो : पूर्वराष्ट्रपति भण्डारी