अस्पताल खाली गर्न दिएको आदेश गाजाका डाक्टरले गरे अस्वीकार

एजेन्सी

मंगलबार, २८ कार्तिक २०८०, १० : ०४
अस्पताल खाली गर्न दिएको आदेश गाजाका डाक्टरले गरे अस्वीकार

एजेन्सी  । उत्तरी गाजाको अल–शिफा अस्पतालका डाक्टरले इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले अस्पताल खाली गर्न दिएको अनिवार्य आदेशलाई अस्वीकार गरेका छन् ।

अस्पतालमा उपचाररत करिब ७०० बिरामीका कारण आफूहरुले अस्पताल छाड्न नसक्ने उनीहरुले बताएका छन् । बार्स, गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा मुनिर अल–का अनुसार उपचार प्रभावित भएमा लगभग ७०० जोखिममा रहेका बिरामीको मृत्यु हुन्छ ।

“समस्या डाक्टरको होइन, बिरामीको हो । उनीहरूलाई पछाडि छोडियो भने, तिनीहरू मर्नेछन्, र उनीहरूलाई सारियो भने तिनीहरू बाटोमा मर्नेछन् । यो समस्या हो, हामी ७०० बिरामीहरूको बारेमा कुरा गर्दै छौँ,” डा अल बर्शले सोमबार सीएनएनलाई भने ।

अस्पतालका चिकित्सकका अनुसार हजारौँ मानिस अस्पताल परिसरमा आश्रय लिएका छन् । डा. अल–बुर्सका अनुसार निकासी आदेश कुनै पनि अन्तर्राष्ट्रिय मानवीय संस्थासँग समन्वय गरिएको छैन ।

यसअघि, सोमबार आईडीएफले उत्तरी गाजाका बासिन्दाका लागि सुरक्षित मार्ग पुनः खोलिएको घोषणा गरेको थियो । आईडीएफका प्रवक्ता रिचर्ड हेच्टले आइतबार उत्तरी गाजाका अधिकांश रन्टीसी र अल–नासर अस्पतालहरू लगभग पूर्ण रूपमा खाली गरिसकिएको बताए ।