काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।
नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका अवसरमा आज शुभकामना दिँदै उनले साख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्का प्रवर्तकका रुपमा रहरेको बताए ।
नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पुर्याउनुभएको योगदान सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियन्ता साख्वाले समकालीन समाजमा परिवर्तनको महत्त्वपूर्ण जग बसालेको बताए ।
आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको स्मरण गर्दै उनले नेपाल संवत्ले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने विश्वास व्यक्त गरे । उनले नेपाल संवत्का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र एकताको हार्दिक शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ कार्तिक २०८०, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलका प्रधानमन्त्री नेतान्याहुविरूद्ध टर्कियेद्वारा वारेन्ट जारी
मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्रीको आह्वान
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री
प्रधानमन्त्रीसँग एमाले नेता बर्तौलाको नोकझोक