काठमाडौँ । बेलायतमा तेस्रो वर्ष अगाडि नै प्रधानमन्त्री भएका डेभिड क्यामरुन विदेश सचिव भएका छन् । सन् २०१० देखि सन् २०१६ सम्म बेलायती कन्सरभेटिब पार्टीका नेताको रूपमा उनी प्रधानमन्त्री भएका थिए । आज फेरबदल भएको नयाँ क्याबिनेटमा उनी विदेश सचिव भएका हुन् । यो विदेशमन्त्रीको बेलायती नाम हो ।
बेलायती प्रधानमन्त्री ऋषि सुनाकले क्यामरुनलाई विदेश सचिव नियुक्ति गरेका छन् । बेलायती तथा युरोपेली मिडियाहरुले क्यामरुनले विदेश सचिवको रूपमा काम गर्दा इजरायल हमास र अरब विश्वको समस्या अन्त्य गर्न पहल कदमी लिन सक्ने बताएका छन् । रोचक कुरा सन् २०१० मा ऋषि सुनाक कन्सरभेटिब पार्टी प्रवेश गर्दा क्यामरुन सोही पार्टीका प्रधानमन्त्री थिए ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २७ कार्तिक २०८०, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि