कालीगण्डकीबाट २० लाखको फूल निर्यात

सफल खबर संवाददाता

सोमबार, २७ कार्तिक २०८०, ०७ : ३७
कालीगण्डकीबाट २० लाखको फूल निर्यात

गल्याङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाख रुपैयाँको सयपत्री फूल निर्यात गरेको छ ।

गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई संकलन गरी पोखरा, बुटवल र काठमाडौं निर्यात गरिएको थियो ।  

कृषि शाखा प्रमुख अनुप पौडेलले हालसम्म २० लाख बराबरको फूल निर्यात भइसकेको जानकारी दिए । उनले फूलखेतीका लागि पालिकाभित्रका सात वडाका १६ कृषक तथा समूहलाई ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताए ।

उनले तिहार अवधिभर पालिकाभित्र अनुदान पाएका र नपाएका कृषकको २५ लाख बराबरको सयपत्रीका फूल निर्यात हुने दाबी गरे । 

प्रतिक्रिया दिनुहोस