धनगढी उपमहानगरपालिकाद्वारा २ स्थानमा फूल बिक्री केन्द्र स्थापना

सफल खबर संवाददाता

आइतबार, २६ कार्तिक २०८०, १४ : ०४
धनगढी उपमहानगरपालिकाद्वारा २ स्थानमा फूल बिक्री केन्द्र स्थापना

धनगढी । धनगढी उपमहानगरपालिकाले २ स्थानमा फूल बिक्री केन्द्र स्थापना गरेको छ । स्थानीय किसानले उत्पादन गरेको सयपत्र, मखमली लगायत फूलको प्रवद्र्धन तथाा सहज रुपमा खरिद बिक्री गर्न पाउने उद्देश्यले फूल बिक्री केन्द्र स्थापना गरिएको हो ।

धनगढी उप–महानगरपालिका परिसर अगाडि र बोराडाँडीस्ति भाटभटेनी सुपर मार्केटमा फूल बिक्री केन्द्र आइतबारदेखि सुरु भएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए । यो सँगै नगरवासीले तिहारलगायत प्रायोजनको लागि फूल खरिद गर्न पाउने भएका हुन् ।

यस वर्ष धनगढीका झण्डै एक दर्जन किसानले व्यवसायीक रुपमा फूल खेती गरेका छन् । उत्पादित फूल तिहारको समयमा सहज र भरपर्दो रुपमा बिक्री गर्न केन्द्र नै स्थापना गरिदिएर किसानले उत्पादन गरेका फूल बिक्री वितरणमा उपमहानगरले सहयोग गरेको हो ।

यसैबीच उपमहानगरपालिकाले प्लास्टिकका कृत्रिम फूलमाला आयात र विक्री वितरणमा रोक लगाएको छ । जसले गर्दा फूल उत्पादक किसान उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस