काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले झुक्याएर स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गरेको आरोप लगाएका छन् ।
शनिवार काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक पर्ने भए पनि भएकालाई बेवास्ता गरेर गलत बाटोबाट नयाँ धन्दा सुरु गरिएको आरोप लगाए । जनतालाई झुक्काउने काममा सरकार निरन्तर लागेको उनको भनाइ थियो ।
देशको मुहार उज्यालो पार्न आफूहरू आएको भन्दै उनले गलत काम गर्नेसँग कुनै सम्झौता नगर्ने स्पष्ट पारे । बारुदबाट यसअघि परिवर्तनको प्रयास गरिएको उनले उल्लेख गरे । अब रास्वपाले फूलको सुगन्धबाट मुलुकको परिवर्तन गर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने
रवि र बालेन बिच पाँच घण्टा वार्ता : सहभागी भन्छन्, 'देशले खोजेको आशाको मिलन भयो'
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल
परिवर्तन चाहनेहरूसँग मिल्न सभापति छाड्न तयार छु: रवि लामिछाने
काठमाडौँ आइपुगे रवि लामिछाने