विराटनगर । झापा र सुनसरीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनसरीको दुहबीमा नगरपालिका ७ मा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
उता, झापामा नेपाल प्रहरीका एसपीले चलाएको गाडीको ठक्करले एक जना युवकको मृत्यु भएको छ ।प्रहरीका अनुसार दुहबी नगरपालिका ७ मा बिहीबार राति को ३८ प ५८८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा पछाडि बसेका २१ वर्षीय निराजन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलसहित चालक दुहबी-७ का २४ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस्तै, पूर्वपश्चिम राजमार्गको झापा, कन्काइ नगरपालिका-८ मा नेपाल प्रहरीका एसपी भीमबहादुर दाहालले चलाएको गाडीको ठक्करले कमल गाउँपालिका-६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको छ ।
धरानस्थित संघीय प्रदेश प्रहरी कार्यालयमा कार्यरत दाहालले चलाएको मे १ च ७८३९ नम्बरको स्कोरपियो मर्डीले चलाएको मे १० प १६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करपछि सिकिस्त घाइते भएका मर्डीलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो । त्यहाँ पुर्याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २५ कार्तिक २०८०, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु