काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को लागि परीक्षा आवेदन खुला गरेको छ ।
कार्यालयले २०८० मा हुने एसइइको लागि कक्षा १० मा अध्ययनतरत नियमित (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेत) ले शुक्रबार (२४ कात्तिक) देखि मंसिर मसान्त भित्र फारम भर्नुपर्नेछ ।
मंसिर मसान्तभित्र फारम भर्न छुटेका विद्यार्थीले विलम्ब शुल्कसहित १५ पुषभित्र फारम भर्न भराउन सकिने कार्यालयले जानकारी दिएको छ । फारमको लागि आवश्यक कागजात सहित नियमित तर्फ पाँच सय र विलम्ब तर्फ एक हजार शुल्क तिर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरवारमा शिक्षा समितिको बैठक सुरु
एसइईको पूरक परीक्षा तालिका सार्वजनिक
एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी
एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड