काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भूराजनीतिक रूपमा चीनलाई घेरा नेपाली भूमि प्रयोग गर्न कुनै पनि कामलाई स्वीकार गर्न नसक्ने बताएका छन् ।
चीन भ्रमणको क्रममा युनान प्रान्तमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भूराजनीतिक रुपमा चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि कामलाई स्वीकार गर्न सक्दैनौं ।’
उनले कुनै पनि देशबाट विभिन्न उद्देश्य साथ आउने सैन्य-सम्बन्धित सहयोग, छिमेकीविरुद्ध प्रयोग गर्ने रणनीति र भू-राजनीतिक प्रतिस्पर्धाको विपक्षमा रहेको बताए । नेपालले भने, ‘नेपाल र चीन बीचको सम्बन्ध सदियौंदेखिको गहिरो एवम् इतिहास र सँस्कृतिद्वारा बाँधिएको छ । एउटा छिमेकी देशका रूपमा हामीले भौगोलिक निकटता मात्र होइन आपसी सहयोग र विकास प्रवर्द्धनको प्रतिबद्धतालाई पनि साझा बनाएका छौं । हाम्रो मित्रता सम्मान, विश्वास र एक अर्कोलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित छ ।’
नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको र नेपाली भूमिमा एवम् नेपाली भूमिबाट चीनविरोधी गतिविधि हुन नदिन प्रतिबद्ध रहेको उनले आश्वस्त पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेन जेडको माग संविधानको खारेजी र संसद्को विघटन थिएन’: माधव नेपाल
हाम्रो पार्टीको अहिलेको ठूलो समस्या ओली हुन्: माधव नेपाल
‘नेपालको कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा’: माधव नेपाल
दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवादविरुद्ध हाम्रो विद्रोह: माधव नेपाल
यो पार्टीले गरिखाँदैन भन्नेलाई ठाउँ छैन, हाम्रो पार्टीको भविष्य छ : माधव नेपाल
हाम्रो पार्टीले उथलपुथल ल्याउनसक्छ: माधव नेपाल