अछाम । प्रहरीले एक युवकको हत्या आरोपमा छिमेकीसहित ७ जनालाई पक्राउ गरेको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका- ८ का १८ वर्षीय दीपेन्द्रबहादुर शाहीमाथि कार्तिक ११ गते ढुङ्गा प्रहार भएको थियो । ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका शाहीको कार्तिक १७ गते कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बिहीबारमात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्याको आरोपमा छिमेकी रहेकी ३० वर्षीया लक्ष्मी सुनारलाई काठमाडौंबाट पक्राउ गरेको छ । उनीसहित अहिलेसम्म ७ जना पक्राउ परेको अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।
घटनाको अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदले टिकटकमा भएको विवादका कारण युवकको हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।
‘टिकटकमा भएको विवाद बढ्दै गएपछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ प्रहरी निरीक्षक साउदले भने, ‘किटानी जाहेरीमा रहेका सबैलाई हामीले पक्राउ गरिसकेका छौं । थप अनुसन्धान र बयान बाँकी छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या