काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । अघिल्ला तीन दिन लगातार बढेको बजार बिहीबार भने ११.८५ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से १८५२ विन्दुमा कायम भएको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । बुधबार ७८ करोड २७ लाख रुपैयाँको कारोबार भएकोमा बिहीबार ८३ करोड ६० लाख रुपैयाँको कारोबार भयो । कुल ५७ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने ५ को स्थिर रह्यो ।
बिहीबार कुनै पनि क्षेत्रका सूचक हरियो हुन सकेन । सबै उपसमूहका सूचक घटेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ कार्तिक २०८०, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो नेप्से परिसूचक
२५४४ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार
घट्यो सेयर बजार
३० अंकले घट्यो सेयर बजार
२५९६ अंकमा झर्यो सेयर बजार