पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने

सफल खबर संवाददाता

विहीबार, २३ कार्तिक २०८०, १३ : ५३
पोर्चुगलमा नेपाली दूतावास स्थापना गरिने

काठमाडौं । सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी सनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।