जम्मुमा पाकिस्तानी रेन्जर्सको गोली लागेर एक बीएसएफ जवानको मृत्यु

एजेन्सी

विहीबार, २३ कार्तिक २०८०, १२ : ५५
जम्मुमा पाकिस्तानी रेन्जर्सको गोली लागेर एक बीएसएफ जवानको मृत्यु

काठमाडौं । भारत प्रशासित राज्य जम्मु कश्मीरको साम्बा जिल्लाको रामगढ सेक्टरमा सीमामा पाकिस्तानी रेंजर्सले गरेको अप्रत्याशित गोलीबारीमा एक बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ)का जवानको मृत्यु भएको छ।

बीएसएफले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । बीएसएफले विज्ञप्तिमा भनेको छ, ‘८-९ नोभेम्बरको मध्यरातमा रामगढ क्षेत्रमा पाकिस्तानी रेंजर्सले बिना कारण र उत्तेजनाका गोलीबारी गरे, जसको बीएसएफ जवानहरूले जवाफ दिए। यसमा एक बीएसएफ जवान घाइते भए र पछि मृत्यु भयो।‘

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार बीएसएफ जवानलाई बिहान १ बजे उपचारका लागि रामगढ सामुदायिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। त्यसपछि उनलाई जम्मूको जीएमसी अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भयो। -बीबीसी

प्रतिक्रिया दिनुहोस