काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंसिर १४ देखि तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियान चलाउने भएको छ ।
पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले यही मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट अभियानको थालनी गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । पहाड समृद्ध नभई मुलुक समृद्ध नहुने भएकाले अभियान चलाउन थालिएको उनको भनाइ छ ।
अभियानको सुरूवात बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको थालनी गर्नेछन् । बैठकले जाजरकोट भूकम्पको क्षतिप्रति दु:ख व्यक्ति गर्दै राहत, पुनर्स्थापनाको पारदर्शीता र प्रभावकारिताका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ कार्तिक २०८०, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन
चुनाव हारको दुई महिना वित्दासम्म एमालेले गरेन चुनावी समीक्षा
सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति