काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ ।
मंगलबार नेप्से परिसूचक ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक बढेको छ।
कारोबारमा आएकामध्य १४४ कम्पनीको सेयरमूल्य बढेको छ भने ८३ कम्पनीको घटेको छ। साथै १२ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको ४३ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.१६ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२६ प्रतिशतले घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो नेप्से परिसूचक
२५४४ अंकमा झर्यो सेयर बजार
बढ्यो सेयर बजार
घट्यो सेयर बजार
३० अंकले घट्यो सेयर बजार
२५९६ अंकमा झर्यो सेयर बजार