काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ ।
मंगलबार नेप्से परिसूचक ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक बढेको छ।
कारोबारमा आएकामध्य १४४ कम्पनीको सेयरमूल्य बढेको छ भने ८३ कम्पनीको घटेको छ। साथै १२ कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको ४३ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.१६ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.२६ प्रतिशतले घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक
दोहोरो अंकले बढ्यो नेप्से
१० अंक बढ्यो सेयर बजार
सेयर बजारका सबै सूचक बढे
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि