गाजामा तत्काल मानवीय युद्धविराम आवश्यक : महासचिव गुटेरेस

सफल खबर संवाददाता

मंगलबार, २१ कार्तिक २०८०, १४ : ०७
गाजामा तत्काल मानवीय युद्धविराम आवश्यक : महासचिव गुटेरेस

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा भइरहेको आक्रमण तत्काल रोक्न आह्वान गरेका छन् । उनले आक्रमण तत्काल रोकेर त्यहाँका बासिन्दालाई शान्तिपूर्ण रूपमा बस्न दिन आग्रह गरे । 

गाजामा मानवीय संकट बढिरहेको उल्लेख गर्दै मानवताको संकटले विश्वलाई तरंगित बनाइरहेको बताए । नागरिकहरू अस्पतालमा उपचारका लागि भरिएका तर उपचारका सामग्री नहुँदा बिचल्ली भइरहेको उनले भनाइ छ । 

गाजा बालबालिकाका लागि चिहान बनिरहेको छ । दैनिक सयौँ बालबालिकाहरू मारिने र घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस