कांग्रेस नेताहरूद्वारा ५० लाख हस्तान्तर, भूकम्प पीडितलाई तत्काल राहत दिन आग्रह

सफल खबर संवाददाता

मंगलबार, २१ कार्तिक २०८०, १० : ५१
कांग्रेस नेताहरूद्वारा ५० लाख हस्तान्तर, भूकम्प पीडितलाई तत्काल राहत दिन आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले तत्काल भूकम्प पीडितलाई उद्धार, राहत र पुनर्स्थापना गर्न आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यस्तो आग्रह गरेका हुन् ।

आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले भूकम्पका पीडितलाई उद्धार, राहत र पुनर्स्थापनामा सरकारले तत्काल काम गर्न आग्रह गर्ने निर्णय गरेको थियो।मंगलबार बिहान बालुवाटार पुगेका उनीहरुले   ५० लाखको चेक बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लागि हस्तान्तर  गरेका थिए ।

साथै संघीय सांसदहरूको १५ दिनको पारिश्रमिक पनि उपलब्ध गराउने कांग्रेसको निर्णय थियो।भूकम्पपछिका अवस्था अवलोकन र सहजीकरणको लागि कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मा संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको थियो । सोमबार कांग्रेस नेता शेखर कोइरालाले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस