काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा गर्न लागेको केन्द्रीय समिति र संसदीय दलको बैठक स्थगित गरेको छ । पार्टी संयन्त्र भूकम्प पीडितको उद्धार र राहतमा संलग्न रहेकाले बैठक स्थगति गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । कात्तिक २२ र २३ गतेका लागि मधेसमा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने निर्णय पार्टीले गरेको थियो ।
अर्को बैठकमा छठ पछि बस्ने रास्वपाले जनाएको छ । ‘धेरै नेताहरु प्रभावित स्थानमा खटिनु भएको छ । राहत, उद्धार र औषधी व्यवस्थापनका लागि पार्टीका नेता कार्यकर्ता लागिरहनुभएको छ, सहमहामन्त्री बुर्लाकोटीले अनलाइनखबरसँग भने ।
महोत्तरीमा बैठक गर्ने गरि पार्टीले तयारी गरिरहेका बेला जाजरकोट र पश्चिम रुकुममा भूकम्पले मानवीय तथा भौतिक क्षति पुर्याएपछि बैठक स्थगित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय