काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले स्थगित गरिएको जानकारी दिए ।
‘भूकम्पका कारण मुलुकमा असहज अवस्था सिर्जना भयो, त्यही कारण राष्ट्रपतिको भ्रमण स्थगित भएको छ’ उनले भने ।फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।
तर गत शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरी १५७ जनाको मृत्यु र सय भन्दा धेरै घाइते भएपछि राष्ट्रपतिलाई विदेश भ्रमण स्थगित गर्न सार्वजनिक रुपमा दबाब परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलबाट जितिया पर्वको शुभकामना
आज बाल दिवस मनाइँदै, राष्ट्रपति पौडेलद्वारा शुभकामना
मध्यरातसम्म राष्ट्रपतिको अग्रसरता, आज बन्ला त चुनावी अन्तरिम नागरिक सरकार ?
संविधानविद्सँग आज थप छलफल गर्दै राष्ट्रपति
राष्ट्रपतिको बोहराटारस्थित घरमा आगजनी
जेनजी प्रदर्शनबीच राष्ट्रपति सभागृहमा आयोजित कार्यक्रममा सहभागी