युनेस्कोको ४२ औं महासभामा भाग लिन शिक्षामन्त्री राई पेरिस प्रस्थान

सफल खबर संवाददाता

सोमबार, २० कार्तिक २०८०, १३ : ०४
युनेस्कोको ४२ औं महासभामा भाग लिन शिक्षामन्त्री राई पेरिस प्रस्थान

काठमाडौं  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका छन् । उनी कतारको राजधानी दोहा हुँदै पेरिस प्रस्थान गरेका हुन् ।

पेरिसमा हुन लागेको युनेस्कोको ४२ औं महासभामा भाग लिन मन्त्रीसँगै मन्त्रालयका उपसचिव प्रकाश सापकोटा पनि पेरिस गएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस