काठमाडौं । भूकम्पबाट कर्णाली प्रदेशको जाजरकोट, रुकुमपश्चिमा लगायत जिल्लाका पीडितहरूको राहत तथा व्यवस्थापनका लागि निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक बसेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले भूकम्प पीडितलाई राहत, व्यवस्थापनको सम्बन्धमा छलफल जारी रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
‘कर्णाली प्रदेशका जाजरकोट, रुकुमपश्चिम लगायत विभिन्न जिल्लामा भूकम्पबाट पुर्याएको क्षति, पीडितलाई राहत तथा व्यवस्थापन सम्बन्धमा निर्णय लिन अहिले बैठक बसिरहेको छ । पार्टीको निर्णय केहीबेरमा सार्वजनिक गर्छौं’, उनले भने ।
यसअघि राप्रपाले भूकम्पग्रस्त क्षेत्रमा उद्धार कार्यमा सहयोग पुऱ्याउनका लागि प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोली खटाएको छ।शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन् भने करिब २५० बढी घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा कुनै दलसँग सहकार्य नगरेका राष्ट्रिय प्रजातन्त्र पार्टीको स्पष्टीकरण
सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै राप्रपाले बुझायो अख्तियारमा ज्ञापनपत्र
पीएसओ खोसिएकोबारे राप्रपाले गर्यो सभामुखको ध्यानाकर्षण
राप्रपाका तीन सांसदको पीएसओ फिर्ता
राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक
ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक