संसदको वर्षे अधिवेशनमा सांसदलाई १५ दिनको मात्रै तलव दिए पुग्ने अवस्था देखियोः महामन्त्री शर्मा

सफल खबर संवाददाता

आइतबार, १९ कार्तिक २०८०, ११ : २०
संसदको वर्षे अधिवेशनमा सांसदलाई १५ दिनको मात्रै तलव दिए पुग्ने अवस्था देखियोः महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसदको वर्षे अधिवेशनमा सांसदहरुलाई पन्ध्र दिनको मात्रै तलव दिँदा पुग्ने अवस्था देखिएको बताएका छन।

दिन गुजारेको हिसावले करिव ६ महिनाको तलव लिएपनि कामको परिणामको हिसावले १५ दिनको मात्रै तलव दिँदा पुग्ने खालको अवस्था देखिएको बताए । महामन्त्री शर्माले संसदलाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रुपमा पर्याप्त काम गर्न नसकेको स्वीकार ग।े। उनले संसदको वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छिपना र प्रमुख प्रतिपक्ष एमालेको आवेगपनाले पनि काम गरेको बताए। उनले उपलब्धिका दृष्टिले संसदको वर्षे अधिवेशन कमजोर देखिएपनि अनुभव भने प्रशस्त भएको र त्यसले संसदको आगामी अधिवेशनहरुलाई चाहीँ अझ प्रखर, प्रभावकारी, परिणाममुखि र उपलब्धिमुलक बनाउनुपर्ने आत्माबोध भएको पनि पटकपटक दोहो¥याए ।

महामन्त्री शर्माले भने, ‘हामी यो संसदीय परिपाटीलाई व्यवस्थालाई परिमार्जन गर्ने र अवस्थालाई परिवर्तन गर्ने भन्ने मनोविज्ञानमा छौं । त्यसमा दृढ छौं । व्यवस्थालाई परिमार्जन गर्ने सन्दर्भमा पनि परिमार्जित सुसंस्कृत व्यवहारहरु हामीले यस बीचमा प्रश्तुत गरेका छैनौं संसदमा । म अमुक दललाई, अमुक सरकारलाई भनिराख्ने कुरा भन्दा पनि समग्रतामा भन्दै गर्दाखेरी त्यो ढंगको सन्देश प्रवाह गर्न हामी सफल भएनौं । कतिपय बेला संसदमा रोष्टमहरु एकले अर्कोलाई खसाल्ने ढंगले प्रयोग ग¥यौं । कतिपय बेला संसदलाई बहसको थलो, बैचारिकताको थलो बनाउने भन्दा पनि घटना पिच्छे अवरोध गर्ने, संसदलाई चल्नै नदिने । अनि त्यसपछि निर्णयको खोजी गर्ने । यो कर्म ग¥यौं । कतिपय बेला संसदमा कोरम नपुगेर पनि हामीले संसदलाई गुजारिदियौं । बहसका लागि छलफल शुुरु हुँदा त्यसमा घनिभूत छलफल भएनन । कतिपय बेला आवेगहरु पनि प्रस्तुतु ग¥यौं । कतिपय बेला हामीले रोष्टममा उभिएर तिक्त हुने खालको अभिव्यक्तिहरु पनि राख्यौं । यस हिसावले चाहीँ यो बितेर गएको संसदलाई एउटा सांसदको रुपमा म आत्मा आलोचना पनि गर्दछु । हामीले यसलाई प्रभावकारी र परिणाममुुखि बनाउन नसकेकोमा । तर सगैमा फेरी के हो भन्दाखेरी कोही बेला कस्तो हुन्छ भने सूरुवात एकदमै राम्रो भएर गयो । तर पछाडि परिणाम नराम्रो आउने पनि हुन्छ । त्यसैले यो संसदको अवधि पाँच वर्षको हो । यो पहिलो किस्ता जे छ । यसबाट आत्माआलोचित हुनुपर्ने, केही सिक्नुपर्ने, पहिलो किस्ताबाट केही करेक्शनको सन्दर्भमा आत्माबोध गर्नुपर्ने कुराहरु भएको छ । त्यस हिसावले यो ससंद एउटा अनुभवको हिसावले महत्वपूर्ण हुँदाहुँदै पनि उपलब्धिको हिसावले धेरै महत्वपूर्ण भयो भन्ने मलाई लाग्दैन । यद्यपि अव मैले भन्न त्यति नमिल्ला । तर मान्छेले जति काम गर्छ । कामको परिणाम अनुसार यदि पारिश्रमिक दिने हो भने दिन गुजारेको हिसावले २, ४, ६ महिनाको तवल प्राप्त गर्नु एउटा कुरा हो । लिनु एउटा कुरा हो । तर, त्यो समयमा बीचमा तिमीले परिणाम देशका सामुन्ने के पस्कियौँ भन्ने कोणबाट चाहीँ छुट्टयाएर तलव दिनुप¥यो भने केवल १५ दिनको मात्रै तलव दिँदा पुग्ने खालको अवस्था देखिएको छ । त्यसकारण यो प्रकारको संसद चलाउने कुरा सरकारले आफूलाई करेक्शन गर्नुपर्छ । संसदलाई पर्याप्त विजनेश दिएर सरकार जानुपर्छ । जुन विधेयकहरु पाईपलाईनमा बसेका छन् । त्यसलाई टुंग्याउने अवको दिनमा जानुपर्छ । प्रतिपक्षले हरेक विषयमा संसद अवरुद्ध गर्ने र आवेगबाट चल्ने त्यसले चल्दैन । पुराने भन्ने दलको पनि उही शैली, नयाँ भनिएका दलहरुको पनि उही शैली, सरकारको उही अल्छिपना अनि प्रतिपक्षको पनि आवेगपनाले चाहीँ संसदीय परिपाटीलाई बलियो बनाउँदैन । त्यसकारण यो बितेको संसदबाट लिनुपर्ने शिक्षा, गर्नुपर्ने करेक्शन, गर्नुपर्ने आत्मा आलोचनाका केही विषयहरु छन् । अनुभव प्रशस्त प्राप्त भएको छ । उपलब्धि कम प्राप्त भएको छ । तर जे अनुभव प्राप्त भएको छ । त्यसको जगमा म आशा के गरेर जान सक्छु भने आगामी संसदलाई चाहीँ अझ प्रखर, प्रभावकारी, परिणाममुखि, उपलब्धिमुलक संसद बनाउने आत्माबोध चाहीँ भएको छ ।’

महामन्त्री शर्माले नयाँ भनिएका दलहरुको गतिविधिले पनि संसदीय परिपार्टीलाई बलियो बनाउने अवस्था नदेखिएको बताए।

प्रतिक्रिया दिनुहोस