विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू सर्वदलीय सरकार गठनको पक्षमा रहेको बताएका छन् ।
आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उनले वर्तमान सरकारलाई सर्वदलीय स्वरूप दिन नै आफूले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्यलाई मन्त्रिपरिषद्मा सामेल गराएको स्पष्ट गरे । साथै उनले सरकारले चाँडै पूर्णता पाउने बताए ।
कोशी प्रदेश सरकार जाजरकोट भूकम्पबाट पीडित भएकाहरूका साथमा रहेको बताउँदै मुख्यमन्त्री कार्कीले सहयोगस्वरुप तत्काल एक हजार थान कम्बल, एक हजार थान त्रिपाल र एक हजार वटा बिछ्यौना प्रदान गर्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग