काठमाडौ । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँमाबाहेक अन्य स्थानमा विद्युत् वितरण फेरि सुरु गरेको छ । भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरुको मर्मतसम्भार गरी विहान १० बजेपछि विद्युत् सेवा सुरु गरेको हो ।
प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालहरुमा लाइन दिइएको बताaए । यादवले घरहरु भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे ।
उनले धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रुपमा आपूर्ति भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १३ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतद्वारा थप १५ दिन चौबिसै घण्टा विद्युत् निर्यात गर्न अनुमति
विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति
पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो
विद्युत् महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर
विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४६ करोडले घट्यो
विद्युत् निर्यात दोब्बर बनाइने