विराटनगर । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।
मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराएपछि एमाले बाहिरिएको हो । एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर माओवादी र एकीकृत समाजवादीबाट एक-एक जना मन्त्री शुक्रबार नियुक्त गरेका थिए ।
गठबन्धन दललाई सरकारमा सहभागी गराएपछि शुक्रबार नै एमालेले राजीनामा बुझाउन खोजेको थियो । शनिबार बिहान मन्त्री राम रानाले मुख्यमन्त्रीको सरकारी निवासमा पुगेर राजिनामा बुझाएका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति
कोशीमा पर्यटन वर्ष सुरुसँगै, पर्यटकको चहलपहल बढ्यो
प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने कोशी माओवादीको चेतावनी