कप्तान र खेलाडीले भने– प्रेसरमा राम्रो लेख्दा विश्वकप यात्रा सम्भव भयो

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १५ : ३४
कप्तान र खेलाडीले भने– प्रेसरमा राम्रो लेख्दा विश्वकप यात्रा सम्भव भयो

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले प्रेसरका बावजुद समग्र टीमले नै राम्रो खेलेकाले विश्वकप यात्रा सम्भव भएको बताएका छन् ।यूएईविरुद्ध ८ विकेटको जीतपछि पोस्ट म्याच कन्फ्रेन्समा रोहितले बलिङ राम्रो हुनु पनि जीतको कारण भएको बताए ।

यसैगरी राष्ट्रिय टोलीका अर्का महत्त्वपूर्ण सदस्य सोमपाल कामीले यसपालि खुलेर खेलेकाले विश्वकपमा छनोट भएको धारणा राखे ।नेपालको जीतमा महत्त्वपूर्ण पारी खेलेका आशिफ शेखले विकेट ट्रिकी भए पनि त्यही अनुसार प्लान बनाएर खेलेको बताए ।'विकेट ट्रिकी थियो, त्यही अनुसार प्लान बनाएका थियौं,' आशिफले भने, 'यूएईलाई १४० भित्र समेट्ने लक्ष्य थियो, सिचुएसनअनुसार खेल्न सक्यौं ।'

मोन्टी देसाई प्रशिक्षकका रूपमा आएपछि जित्ने मेन्टालिटी बढेको उनले बताए ।ओमानविरुद्ध विस्फोटक पारी खेलेका विवेक यादवले राष्ट्रिय टोलीका लागि खेल्दा खुशी लागेको बताए ।

प्रतिक्रिया दिनुहोस