गोदाबरी फूल मेलामा पूर्व रानी कोमलले खरिद गरिन् फूलका बिरुवा

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १४ : ०३
गोदाबरी फूल मेलामा पूर्व रानी कोमलले खरिद गरिन् फूलका बिरुवा

ललितपुर।  ललितपुरको जावलाखेलमा मंगलबारबाट जारी १६ औं गोदाबरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको चौथो दिन शुक्रबार पूर्व बडामहारानी कोमल राज्य लक्ष्मी देबी शाहले अबलोकन गरेकी छन् । अबलोकन सँगै पूर्व रानी कोमलले गोदाबरी फूलका बिरुवाहरु खरिद गरेकी थिइन् ।

उनीसँगै राजपरिवारका आफन्तहरुको पनि उपस्थिती रहेको थियो । पूर्वरानी कोमलले मेलामा सबै स्टलहरुको चासो सहित अबलोकन गर्दै ब्यबशायीहरुसँग फूलबिरुवा सम्बन्धी जिज्ञासा राखेकी थिइन् । नेपालमा पुष्प ब्यबशायको शुरुवाती चरणदेखीनै बिकास बिस्तार र प्रबद्र्धनमा राजपरिबारको बिशेष चासो र सहयोग रहँदै आएको छ ।

मेलामा पूर्व रानीको आगमनले पुष्प ब्यबशायमा लाग्ने ब्यबसायीहरुलाइ हौसला प्रदान गरेको फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानका अध्यक्ष मिन बहादुर तामाङले बताए । मेलामा सर्बसाधारणको पनि बाक्लो उपस्थिती रहेको छ । ३ दिन सम्म मेलामा ५२ लाख बढीको कारोबार भएको छ भने २१ हजार बढीले मेला अबलोकन गरिसकेका छन् । सर्बसाधारण तथा फूल पारखीहरुको भीड रहेको यो मेला शनिबार सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस