काठमाडौ । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा नेपालले शुक्रबार युएईसँग खेल्दैछ।
खेलमा युएईले टस जितेर पहिले पहिले ब्याटिङ रोजेको छ। पहिले बलिङ गर्ने नेपाली टिममा एक परिवर्तन गरिएको छ। सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरीले टिममा स्थान बनाएका छन्। घाइते भएका कारण दीपेन्द्रले समूह चरणमा मलेसिया, सिंगापुर र ओमानविरुद्धको खेल गुमाएका थिए।
यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।
यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। किनकि नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ।
नेपाल र युएईबीच टी–२० मा अहिलेसम्म ८ खेल भएका छन्। आठमध्ये नेपाल र युएईले चार चार खेलमा जित निकालेका छन्।
अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो। नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुवै खेल जितेको थियो।
मुलपानी मैदानमा नेपालले पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ६ विकेटले युएईलाई पराजित गरेको थियो। कीर्तिपुर मैदानमा भएको फाइनलमा भने नेपाल पराजित भएको थियो। फाइनलमा नेपालमाथि युएईले ४ विकेटको जित निकालेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपालले भारतलाई हरायो
नेपालले हार्यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर