काठमाडौँ । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले अहिलेको अवस्थामा देशले सङ्घीयता धान्न नसक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्र गुम्यो भने यसलाई प्राप्त गर्न कठिन हुने उल्लेख गर्दै लोकतन्त्र गए दलहरूकै कारण जाने उल्लेख गरे ।
उनले देशलाई अहिलेको अवस्थामा पुर्याउन बाह्य शक्तिले अन्तरिम संविधानमा देश सङ्घीय लोकतन्त्रमा जाने विषय हालेको बताए ।सांसद केसीले भने– ‘अहिले लोकतन्त्र, गणतन्त्रमाथि जुन कालो बादल मडारिरहेको छ, यो गुम्यो भने यसलाई प्राप्त गर्न ठुलो सङ्कट पर्छ । हामीलाई थाहा छ नि १७ साल, ५९ सालको अवस्था ।
मैले पहिलेदेखि नै भन्दै आएको हुँ, यो लोकतन्त्रको खतरा को देखि छ भने हामीबाट नै छ ।उनले देशले ८ सय भन्दा बढी सांसद, १ सय ३८ जना मन्त्री पाल्न नसक्ने बताउँदै सङ्घीयता भनेर जनताका कान नखान उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ कार्तिक २०८०, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेशमार्फत सरकार फासिस्ट दिशामा गयो: चित्रबहादुर केसी
विदेशमा रहेका नेपालीलाई सीआईएले कब्जा गरेर घण्टीमा भोट हाल्न लगाएको केसीको आरोप