शान्ति प्रक्रियामा सत्तापक्षले नै ढिलो गरेर प्रतिपक्षलाई दोष लगायो : विष्णु पौडेल

सफल खबर संवाददाता

विहीबार, १६ कार्तिक २०८०, १३ : ४७
शान्ति प्रक्रियामा सत्तापक्षले नै ढिलो गरेर प्रतिपक्षलाई दोष लगायो : विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले शान्ति प्रक्रिया टुंग्याउन सरकारले नै बिलम्ब गरेको, तर दोष प्रतिपक्षलाई लगाइरहेको आरोप लगाएका छन् ।बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शान्ति प्रक्रियाको बाँकी काम अबिलम्ब टुंग्याउनुपर्छ भन्नेमा एमाले प्रष्ट रहेको बताए ।

‘ढिलो सत्तापक्षले गर्छ आरोप प्रतिपक्षलाई लगाउँछ । म सत्तापक्षलाई भन्न चाहन्छु, सरकारलाई भन्न चाहन्छु, पीडितले न्याय पाउनुपर्छ भन्ने मान्यतामा केन्द्रित भएर, नेपालको अदालतको आदेश मानेर र मानव अधिकारको अन्तर्राष्ट्रिय मान्यता पालन गरेर शान्ति प्रक्रिया टुंग्याउनुपर्छ’, उनले भने, ‘म सत्तापक्षलाई सोध्न चाहन्छु त्यसका लागि के ले रोकेको छ ?’

सरकार आफैंले शान्ति प्रक्रिया टुंग्याउन नचाहेको तर प्रतिपक्षीमाथि अनुचित आरोप लगाएको उपाध्यक्ष पौडेलले बताए । ‘शान्ति प्रक्रिया छिटो टुंग्याउन चाहनेले फागुन १ गते बिदा दिएर शान्तिको वातावरण बिथोल्दैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस