चीन भ्रमणमा रहेका प्रधानसेनापति शर्मा आज स्वदेश फर्किँदै

सफल खबर संवाददाता

विहीबार, १६ कार्तिक २०८०, ०९ : १३
चीन भ्रमणमा रहेका प्रधानसेनापति शर्मा आज स्वदेश फर्किँदै

काठमाडौं । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण पूरा गरि प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्कदैछन्।

उनी राति १० बजे काठमाडौं आइपुगेको नेपाली सेनाका सूचना अधिकारी कृष्ण प्रसाद भण्डारीले जानकारी दिए। 

बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुन प्रधानसेनापति कात्तिक १० गते चीन गएका थिए।

त्यस अवसरमा उनले चिनिया जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीसँग भेटवार्ता गर्नुका साथै सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गरेका थिए।