काठमाडाैँ। संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
संघीय संसद्को सचिवालयका महासचिव डा.भरतराज गौतमले बिहीबार बिहान ११ बजे बैठक बस्ने जानकारी दिए ।
बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ ।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठकमा राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/७९ र तेस्रो वार्षिक प्रतिवेदन २०७९/८० पेश गर्ने कार्यसूची रहेको छ ।
सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिका लागि पेश गर्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ कार्तिक २०८०, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार (पूर्णपाठ)
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने