काठमाडौँ । डडेलधुरा र कैलालीमा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । डडेलधुराको आलिताल गाउँपालिका-१ गाङखेतस्थित सडकमा यूके ०६ बीसी २११२ नम्बरको मोटरसाइकल पल्टिएर सु.प.प्र.०१ ००१ च २९५५ नम्बरको जिपमा समेत ठोकिएर मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक दार्चुला मालिकार्जुन गाउँपालिका-४ बस्ने ५५ वर्षीय सम्भु सिंह धामीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यता कैलाली गोदावरी नगरपालिका-६ खैरेनापुल निजक सडकमा सु.प.प्र. ०१०११ प ४९४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ बस्ने २६ वर्षीय राजु चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल ‘मोडिफाइड’ गर्ने र चर्को ध्वनि निकाल्ने चार जना पक्राउ
मोटरसाइकल आपसमा ठोकिँदा पत्नीको मृत्यु, पति घाइते
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किए, एकको मृत्यु
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाइकल बरामद
सिराहामा एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा